काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन आज घटेर प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ८०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच