गुल्मी युनाइटेड साकोसको अध्यक्षमा रामप्रसाद पन्थी निर्वाचित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घासको अध्यक्षमा रामप्रसाद पन्थी निर्वाचित हुनुभएको छ । उहाँ ३८५ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी हरिप्रसाद पाण्डेले ३४८ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा नारायण जिसिले ४१२ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी ढुण्डीराज पोखरेलले ३१८ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा विनोद पाण्डेले ३६३ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कृष्ण खनालले ३५९ मत प्राप्त गर्नुभयो ।

सहकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार महेन्द्र माध्यमिक विद्यालय तम्घासमा मतदान भएको थियो । ११ सय २१ कुल मतदाता रहेको यस सहकारीमा नयाँ नेतृत्व चयनका लागि ७५२ जनाले मतदान गर्नुभयो । १३ सदस्यीय संचालक समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिवका लागि सहमत नजुटेपछि मतदानमा जानु परेको थियो । भने कोषाध्यक्षसहित सदस्यहरु सर्वसहमतिले चयन गरिएको थियो ।

अध्यक्ष, उपाध्यक्ष र सचिवका लागि सहमति नजुटेपछि मतदानमा अधिवेशन उदघाटन गरेको एक महिनापछि हिजो मतदान सम्पन्न भएको हो । २०६४ भाद्र १२ गते सहकारी डिभिजन कार्यालय पाल्पामा दर्ता गरि ३५० जना शेयर सदस्य र ७० लाख रुपियाँको शेयर पुजीबाट सञ्चालन भएको यस सहकारीको हाल ११ सय २१ जना शेयर सदस्य र ८ करोड २५ लाख रुपियाँ शेयर पुजी तथा ४५ करोड रुपियाँ कुल पुँजी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?