बलात्कारबारे सोविता गौतमको तीन वर्षअघिको अभिव्यक्ति भयो ‘भाइरल’

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमको तीन वर्षअघिको बलात्कार प्रतिको अभिव्यक्ति यतिबेला आएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ ।

नेक्स्ट रिभोलुसन नामको युट्युब च्यानलमा अपलोड भएको एक भिडियो अन्तर्वार्तामा बलात्कारबारे अत्यन्तै हल्का टिप्पणी गरेको भन्दै गौतमको विरोधसमेत हुन थालेको छ ।

तीन वर्षअघि सोबिताले दिएको अभिव्यक्तिको सानो क्लिप सुनेर सर्वसाधारदेखि अधिकारकर्मीहरूले समेत विरोध गरेका छन् । कतिले गौतमको भनाइलाई यथार्थपरक भनेर समर्थन गरेका छन् ।

अन्तरवार्तामा सोविताले बलात्कारलाई समाज र मिडियाले अनावश्यक ग्लोरिफाइ गरेको तर्क गर्नुभएको छ । यदि बलात्कारबाट महिलाको शरीरमा कुनै हानि नोक्सानी पुगेको छैन भने यसलाई धेरै ठूलो रुपमा लिन नहुने उहाँको भनाइ छ । बलात्कृत महिलालाई विचरा ठान्ने वा छिछी दुरदुर गर्ने प्रवृत्ति समस्याको कारक बनेको उहाँले धारणा प्रस्तुत गर्नुभएको छ ।

‘म आफ्नै उदाहरण दिन चाहन्छु, मलाई कसैले बलात्कार गर्‍यो, म पीडित महिला भएँ । अर्को सिनारियो- कोही मान्छेले आएर मेरा दुइटै खुट्टा काटिदियो । अब तपाईं यी दुइटा इन्सिडेन्टलाई कम्पेयर गरेर हेर्नुस्, म बलात्कृत महिला धेरै विचरा भएँ वा खुट्टा काटिएकी महिला विचार भई रु यसरी हेर्दा खुट्टा काटिएको घटनाचाहिँ जघन्य अपराध हो नि त । खुट्टै काटिदिएपछि अब म के गर्ने रु बलात्कृत हुँदैमा पुनर्स्थापना हुन कुनै गाह्रो छैन ।’ अन्तर्वातामा गौतमले भन्नुभएको छ ।

अहिले सोविताको अन्तरवार्ताबाट साना अंशहरु काटेर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ, जसले गर्दा बलात्कारका सम्वन्धमा गौतमको समग्र दृष्टिकोण नबुझीकन पनि कमेन्टहरु गरिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम गत चुनावमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

यसरी उहाँको पुरानो अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेपछि उहाँले सामाजिक सञ्जाल मार्फत आफूलाई संवेदनशील हुन घच्घच्याएको बताउनु भएको छ ।
यस्तो छ उहाँको पछिल्लो धारणा–

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?