गाउँपालिकाका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन अध्यक्ष सलाम सिं लामा र प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहित सात जनालाई नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोप लागेको छ ।

२०७५ मंसिरमा नदीजन्य पदार्थ उत्खनन र संकलन गर्नेबारे प्रकाशित सूचनालाई लत्याएर कबोल अंकभन्दा घटी सम्झौता रकम कायम गरेर ठेक्का सम्झौता गरेको र सम्झौताविपरीत सम्पूर्ण बगर क्षेत्रमा उत्खनन गर्न दिएको आयोगले जनाएको छ । जिल्ला समन्वय समितिको सिफारिसमा प्राविधिक उपसमितिको निगरानीमा मात्र स्काभेटर प्रयोग गरेर उत्खनन गर्न सकिने भए पनि मिलेमतोमा जनप्रतिनिधिले आफूलाई नभएको अधिकार प्रयोग गरेर स्काभेटर प्रयोग अनुमति दिएको अख्तियारको आरोप छ ।

ठेकेदारसँग मिलेमतो गरेर ठेक्का सम्झौता गरेका कारण दुई करोड ५७ लाख राजस्व कम संकलन भएको आयोगको अनुसन्धान निष्कर्ष छ । आयोगले तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पाँच करोड १४ लाख जरिवाना हुन मागदाबी लिएको छ ।

अख्तियारले बालुवा उत्खननको ठेक्का लिने कम्पनी ए.एण्ड डिबी कन्स्ट्रक्सनका सञ्चालक अनिश बल, आधिकारिक प्रतिनिधि बिजकुमार दोङ, दुवाकोट कन्स्ट्रक्सलन प्रालि, भक्तपुरका सञ्चालक रामचन्द्र प्रधानांग, शालीनदी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक वेद नारायण दंगाल तथा शालीनदी र दुवाकोट कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि सत्यमान लामालाई विपक्षी बनाएको छ । तीनवटा ठेक्काहरूमा सत्यमान लामाले दुई करोड चार लाख राजस्व रकम हानि गरेको आयोगको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?