यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

Read Time = 2 mins

काठमाडौं । आज सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको विवरण अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, हरियो अंगुर २१३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ३५ रुपैयाँ, अनार २८३ रुपैयाँ र अमला ५६ रुपैयाँ ६७ पैसा छ । त्यस्तै, अम्बा १५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैया, रातो आलु ४९ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैया छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती ९८ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३१३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३१० रुपैयाँ, टनेल गोलभेडा २० रुपैयाँ ४०, राजमा घिउ सिमी ८६ रुपैयाँ ६७ तोकिएको छ ।  चम्सुरको साग ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ २० पैसा र हरियो धनिया ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?