कर्णालीमा चन्दननाथ लघुवित्त सरकारी अब्बल बन्दै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा केन्द्रिय कार्यालय रहेको चन्दननाथ लघुवित्त बहुउद्देश्यीय सहकारी संस्था पछिल्लो समयमा कर्णाली प्रदेशकै नमुना सहकारीको रुपमा अघि बढेको छ । विषेशगरी माथिल्लो कर्णालीका मुगु,कालिकोट र जुम्लाका ग्रामीण भेगमा गएर त्यहाँका महिलाहरुलाई आर्थिक स्रोतको वृद्धिदेखी उनीहरुको आत्मनिर्भरका सीपमुलक तालिम दिंदै आएको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।

शनिवार सहकारीको चुनावी साधारणसभाको उद्घाट शत्र सकिएको छ । उद्घाटन सत्रमा सहकारीमा २० हजार सदस्य पुग्न सफल भएको जानकारी गरिएको छ । यसैगरी सहकारीले कर्णाली सहित लुम्विनी, गण्डकी र बाग्मति सहित ३८ जिल्लामा सेवा केन्द्र विस्तारमा स्विकृति पाएकोे सहकारीका अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिनुभयो । सहकारीलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने संस्थापक देखी सवै टिमलाई धन्यवाद दिदै सहकारीले महिला सहभागितालाई विशेष जोड दिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

संस्थाको आर्थिक गतिविधि संस्थाका संचालक सदस्य गोकर्ण जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दे चन्दननाथ सहकारीले जम्मा कर्जा परिचालन रु एक अर्व ५८ करोड ८ लाख ७२ हजार ६ सय रहेको छ । यसैगरी कर्जा असुली एक अर्व २६ करोड ४६ लाख ८ सय ९२ रहेको छ । सहकारीका हालको आम्दानी रु ९ करोड ६५ लाख एक हजार छ सय ८७ र खुद नाफा एक करोड ५ लाख ४० हजार ३२४ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जुम्लामा जन्मिएको सहकारी नेपालकै लागि गौरवको सहकारीका रुपमा स्थापित भएको बताउनुभयो । संस्थाको समृद्धिमा सहकारीले जोड दिनुपर्छ । सिंजाका अध्यक्ष धितालले भन्नुभयो, “सेयर लगानी बढाउनु पर्छ । अब सहकारी शिक्षामा चन्दननाथले जोड दिनुपर्ने हुन्छ । यहाँका महिलालाई आर्थिक स्रोतमा परिपक्का बनाउन सहकारीले विशेष प्रकारका योजना ल्याई आत्मनिर्भरका कार्यक्रम गाउँ केन्द्रित चलाउन सहकारी लाई अध्यक्षको धितालले भनाइ छ ।”

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जिल्लामै एक अर्व बढि कारोवार गर्ने सहकारीले राम्रो काम गरेको बताउनुभयो । पातारासी गाउँपालिकाका पूर्वध्यक्ष लक्षिमन वोहराले सहकारीको समृद्धिका लागि सर्वै लाग्नुपर्ने भन्दै कुशल नेतृत्वमा जोड दिनुपर्ने बताउनुभयो । तिला गाउँपालिका पूर्व उपाध्यक्ष विष्णुमाया बुढाले चन्दननाथ सहकारीमा महिला सहभागिता र वचत गर्ने सिकाई निकै राम्रो भएको भन्दै अझै अगाडि बढाउन जोड दिनुपर्ने बताउनुभयो । शनिबार विविध कार्यक्रम गरी सो सहकारीले आफ्नो १२ औ साधारणसभा सम्पन्न गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?