एनएमबीको ‘अपन एनएमबी बचत खाता’

Read Time = 1 min

काठमाडौं । मधेश प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्यका साथ एनएमबी बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने ‘अपन एनएमबी बचत खाता’ ल्याएको छ । उक्त खातामा उच्चतम ब्याजदरका साथै बैंकले ग्राहकलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरो सेयर, आस्वा सेवालगायत थुप्रै आकर्षक सुविधा पनि प्रदान गर्ने भएको छ ।

एनएमबी बैंकले विगत २६ वर्षदेखि निरन्तररूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबीले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?