आर्थिक र औद्योगिक वृद्धि

Read Time = 14 mins

✍️ डा. सुमनकुमार रेग्मी

औद्योगिक क्षेत्र आर्थिक विकासको इन्जिन हो । औद्योगिक विकासले रोजगारी सिर्जना, वस्तु र सेवाको मूल्यअभिवृद्धि, आवश्यक वस्तु तथा सेवाको उपलब्धता गर्न औद्योगिकीकरणले सहयोग पुर्‍याउँछ । औद्योगिक क्षेत्रको जिडिपीमा योगदान न्यून रही ७ं० प्रतिशतको हाराहारीमा र राष्ट्रिय रोजगारीमा करिब ७.७ प्रतिशत मात्र योगदान रहेको थियो ।

कोभिड १९ को प्रभाव सन् १९३० को भन्दा र सन् २००८/०९ को विश्व आर्थिक संकटभन्दा पनि ठूलो रहने प्रक्षेपण गरिएको थियो । अन्तर्राष्ट्रिय मुद्रास्फीतिले पनि सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि तीन प्रतिशतमा खुम्चिने आकलन गरिएको थियो विश्व बैंकले विश्व अर्थतन्त्र २१ देखि ३९ प्रतिशतले घट्ने अनुमान गरेको छ । विश्वका ठूला अर्थतन्त्र तीन प्रतिशतसम्म गिरावट आउने आकलन गरिएको थियो भने उपयोगकर्ताको आम्दानी हुने ह्रासले उपभोगको दरमा न्यूनीकरण हुने र यसबाट वस्तु तथा सेवाको भागमा गिरावट ल्याउने अनुमान छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्व अर्थतन्त्र ४९ प्रतिशत संकलन हुने प्रक्षेपण गरिएको थियो । कोभिड १९ को महामारीका कारण वैदेशिक लगानीमा पनि प्रभाव परेको छ । वैदशिक लगानीमा लगानी क्षेत्रमा बनावटी रूपमा गिरावट आएको छ । सन् २०२० मा ४० प्रतिशतले वैदेशिक लगानी घट्ने प्रक्षेपण रहेको छ । महामारीका कारण सन् २०२१ मा थप ५ देखि १० प्रतिशतसम्म गिरावट आउने र महामारी नियन्त्रणका प्रयाशले सार्थकता पाएको अवस्थामा सन् २०२२ देखि मात्र वैदेशिक लगानीको क्षेत्र सामान्य अवस्थामा आउनसक्ने अनुमान थियो ।

सन् २०२० मा ४० प्रतिशतले वैदेशिक लगानी घट्ने प्रक्षेपण रहेको छ । महामारीका कारण सन् २०२१ मा थप ५ देखि १० प्रतिशतसम्म गिरावट आउने र महामारी नियन्त्रणका प्रयासले सार्थकता पाएको अवस्थामा सन् २०२२ देखि मात्र वैदेशिक लगानीको क्षेत्र सामान्य अवस्थामा आउन सक्ने अनुमान थियो ।

नेपालमा कोभिड १९ पहिलो पटक २४ जनवरी २०२० मा देखापरेको थियो । त्यस बेलादेखि ७८ साल असार ३० सम्म आउँदा नोभेम्बर महिनाको अन्त्यसम्म १ हजार ५ सय मानिसको मृत्यु भएको थियो । २०७९ असार आउँदा यो मरणको संख्या बढेको आव २०७६/०७७ को अन्त्यसम्म नेपालमा ठूला र साना उद्योगका कूल ८ हजार २ सय १२ वटा उद्योग दर्ता भएको थिए । जसबाट २८ लाखभन्दा बढी रोजगारी सिर्जना भएको विवरण देखिन्छ । पछिल्लो ५ वर्षमा अर्थात २०७४/०७५ देखि २०७८/०७९ सम्ममा जिडिपीमा उद्योग क्षेत्रका योगदान वार्षिक औसत ५.५ प्रतिशत रहेको थियो । सन् २०१९/०२० मा जिडिपीमा उद्योग क्षेत्रको योगदान ५.१ प्रतिशतमा रहने अनुमान थियो ।

सन् २०१९/०२० मा जिडिपीमा औद्योगिक क्षेत्रको योगदान औसत ५५ प्रतिशत थियो । बन्दाबन्दीका कारणले उत्पादनमूलक उद्योगको योगदान २३ प्रतिशत रहने प्रक्षेपण थियो । कोभिड १९ का कारण बन्दाबन्दीका बेलामा १७ प्रतिशत उद्योगहरूको ७३ प्रतिशत औद्योगिक उत्पादन कारोबार घटेको देखाएको छ । बन्दाबन्दीमा २२.५ प्रतिशतले श्रमिकले रोजगारी गुमाएका थिए । विश्व बैंकको सन् २०२० अक्टुबरको बाहृय अनुदानपूर्व एशियन र प्रशान्त क्षेत्रमा आर्थिक वृद्धिदर ०.५ प्रतिशतमा सीमित हुने तर दक्षिण एशियाका वृद्धिदर २.७ प्रतिशत, शहरी क्षेत्रको २ं८ प्रतिशत, मध्यपूर्वी क्षेत्रको ४.२ प्रतिशत, युरोप तथा मध्यएशियाको ४ं७ प्रतिशत तथा ल्याटिन अमेरिकाको ७.२ प्रतिशतको संकुचन हुने तथ्य प्रक्षेपण गरिएको थियो ।

विद्यमान महामारी २०१९/०२० का कारण सन् १८७० देखिपछिका यस अवधिमा महामारी ठूलो दरमा गिरावट आउने अनुमान गरिएको थियो । पन्धौं योजनामा २०७६/०७७ देखि २०८०/०८१ सम्ममा उद्योगका विकास तथा व्यवस्थापन सोचतर्फ हेर्दा आर्थिक समृद्धिका लागि दिगो, रोजगारमूलक र उच्चप्रतिफलयक्त औद्योगिक विकास लक्ष्य औद्योगिक क्षेत्रको विकास र विस्तारद्वारा राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रका योगदान बढाउने रहेको छ ।

पन्ध्रौं योजनाको उद्योग क्षेत्रको उद्देश्यमा औद्योगिक उत्पादन वृद्धि गरी जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउन, उद्योगका प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी निर्यात प्रबद्र्धन र आयात प्रतिस्थापन गर्नु, लगानीमैत्री वातावरण सिर्जना गरी उद्योग क्षेत्रको स्वरोजगार विदेशी लगानी बढाउँदै थप अवसर सिर्जना गर्ने तीन उद्देश्य रहेका छन् । सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न सुरु गरिएको औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण कार्यलाई अघि बढाउन निर्माणाधीन व्यापारिक मार्गलाई औद्योगिक कोरिडोरका रूपमा विकास गर्न र स्थानीय तहमा थप एक सय ३० औद्योगिक ग्राम स्थापना गर्न २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

२०७८/०७९ मा नवलपरासीका धौवाधी फलामखानीबाट फलाम उत्पादन गर्न पहुँच मार्ग निर्माण र मेसिनरी जडान गर्ने कार्य सम्पन्न गरिने भनिएको छ । संघ तथा सबै प्रदेशमा गरी ३ लाख १० हजार मेट्रिक टन क्षमताको भण्डारण गृह निर्माण तथा व्यावसायिक बिक्री कक्ष स्थापना गरिने भनिएको थियो । चीनसँगको पारवहन सुविधाअन्तर्गत नेपाललाई उपलब्ध चारवटा सामुद्रिक बाटो र तीनवटा स्थलबन्दरगाहको उपयोग गरी तेस्रो देशसँग व्यापार विस्तार गरिने भनिएको थियो ।

नेपालको उद्योग क्षेत्रका लागि औद्योगिक व्यवसाय ऐन, कम्पनी ऐन, विदशी लगानीसम्बन्धी ऐनहरू, समसामयिक बन्ने क्रममा अरू पनि छन् भने विदेशी लगानी नीति २०७१, बिप्पा सम्झौता, भैरहवा क्षेत्र आदि कुनै बने त कुनै बन्न बाँकी छन् । लघु उद्योग विकास कार्यहरूलाई ७७ जिल्लाहरूमा विस्तार गर्ने कार्य हुँदै गएको छ । कोभिड १९ को प्रभाव सन् १९३० को भन्दा र सन् २००८/००९ को विश्व आर्थिक संकटभन्दा पनि ठूलो रहने प्रक्षेपण गरिएको थियो । अन्तर्राष्ट्रिय मुद्रास्फीतिले पनि सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि तीन प्रतिशतमा खुम्चिने आकलन गरिएको थियो । विश्व बैंकले विश्व अर्थतन्त्र २१ देखि ३९ प्रतिशतले घट्ने अनुमान गरेको छ । विश्वका ठूला अर्थतन्त्रमा तीन प्रतिशतसम्म गिरावट आउने आकलन गरिएको थियो भने उपयोग कर्ताको आम्दानी हुने ह्रासले उपभोगको दरमा न्यूनीकरण हुने र यसबाट वस्तु तथा सेवाको मागमा गिरावट ल्याउने अनुमान छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्वअर्थतन्त्र ४९ प्रतिशत संकलन हुने प्रक्षेपण गरेको थियो । कोभिड १९ को महामारीका कारण वैदेशिक लगानीमा पनि प्रभाव परेको छ । वैदशिक लगानीमा लगानी क्षेत्रमा बनावटी रूपमा गिरावट आएको छ । सन् २०२० मा ४० प्रतिशतले वैदेशिक लगानी घट्ने प्रक्षेपण रहेको थियो । महामारीका कारण सन् २०२१ मा थप ५ देखि १० प्रतिशतसम्म भएको गिरावट आउने र महामारी नियन्त्रणका प्रयाशले सार्थकता पाएको अवस्थामा सन् २०२२ देखि मात्र वैदेशिक लगानीको क्षेत्र सामान्य अवस्थामा आउनसक्ने अनुमान थियो ।

अन्तर्राष्ट्रिय मुद्रास्फीतिले पनि सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि तीन प्रतिशतमा खुम्चिने आकलन गरिएको थियो । विश्व बैंकले विश्व अर्थतन्त्र २१ देखि ३९ प्रतिशतले घट्ने अनुमान गरेको छ । विश्वका ठूला अर्थतन्त्रमा तीन प्रतिशतसम्म गिरावट आउने आकलन गरिएको थियो ।

कोभिड १९ का कारण बन्दाबन्दीका बेलामा १७ प्रतिशत उद्योगहरूको ७३ प्रतिशत औद्योगिक उत्पादन कारोबार घटेको देखाएको छ । बन्दाबन्दीमा २२.५ प्रतिशतले श्रमिकले रोजगारी गुमाएका थिए । विश्व बैंकको सन् २०२० अक्टुबरको बाहृय अनुदान पूर्वएशियन र प्रशान्त क्षेत्रमा आर्थिक वृद्धि दर ०.५ प्रतिशतमा सिमित हुने तर दक्षिण एशियाका वृद्धिदर २.७ प्रतिशत, शहरी क्षेत्रको २८ प्रतिशत, मध्यपूर्वी क्षेत्रको ४.२ प्रतिशत, युरोप तथा मध्यएशियाको ४७ प्रतिशत तथा ल्याटिन अमेरिकाको ७.२ प्रतिशतको संकुचन हुने तथ्य प्रक्षेपण गरिएको थियो ।
विद्यमान महामारी २०१९/०२० का कारण सन् १८७० देखिपछिका यस अवधिमा महामारी ठूलो दरमा गिरावट आउने अनुमान गरिएको थियो । वर्तमान पन्ध्रौं योजनामा २०७६/०७७ देखि २०८०/०८१ सम्ममा उद्योगका विकास तथा व्यवस्थापन सोचतर्फ हेर्दा आर्थिक समृद्धिका लागि दिगो, रोजगारमूलक र उच्चप्रतिफलयुक्त औद्योगिक विकास लक्ष्य औद्योगिक क्षेत्रको विकास र विस्तारद्वारा राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रमा योगदान बढाउने रहेको छ ।

पन्ध्रौं योजनाको उद्योग क्षेत्रको उद्देश्यमा औद्योगिक उत्पादन वृद्धि गरी जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउन, उद्योगका प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी निर्यात प्रबद्र्धन र आयात प्रतिस्थापन गर्नु, लगानीमैत्री वातावरण सिर्जना गरी उद्योग क्षेत्रको स्वरोजगार विदेशी लगानी बढाउँदै थप अवसर सिर्जना गर्ने तीन उद्देश्य रहेका छन् । नेपालको उद्योग क्षेत्रका लागि औद्योगिक विकास ऐन, कम्पनी ऐन, विदशी लगानीसम्बन्धी ऐनहरू, समसामयिक बन्ने क्रममा अरू पनि छन् भने विदेशी लगानी नीति २०७१, बिप्पा सम्झौता, भैरहवा क्षेत्र आदि कुनै बने त कुनै बन्न बाँकी छन् । लघु उद्योग विकास कार्यहरूलाई ७७ जिल्लाहरूमा विस्तार गर्ने कार्य हुँदै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?