औद्योगिक क्षेत्रका समस्यामा मन्त्रीको चासो

Read Time = 1 min

ललितपुर । औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सरकारले संकेत दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो ।

बुधबार नेपाल ट्रेड युनियन कांग्रेसद्वारा ललितपुरमा आयोजित कार्यक्रममा उहाँले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री बडूले सरकारले मुलुकको आयात तथा निर्यात सन्तुलनमा ल्याउन कोसिस गरिरहेको भन्दै मुलुकभित्रै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि उद्योगभित्र राम्रो लोकतान्त्रिक सम्बन्ध राखेर सरकार अघि बढ्ने उहाँको भनाइ थियो । औद्योगिक क्षेत्रभित्रका उद्योगीहरूले भाडावृद्धिविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?