सुनचाँदी व्यवसायीद्वारा शान्तिसुरक्षा माग

Read Time = 2 mins

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेको कैलाली सुनचाँदी व्यवसायी संघमा आबद्ध सुनचाँदी व्यवसायी सदस्य घोडाघोडी सुनचाँदी पसलका सञ्चालक विकास सुनारमाथि भएको आक्रमणको निन्दा गरेको छ । महासंघका अनुसार सुनारमाथि पुस ३ गते साँझ अत्तरियामा रहेको पसलबाट डेरामा फर्कंदै गर्दा अत्तरिया चोक पूर्वतर्फ रहेको सशस्त्र प्रहरी ब्यारेक र पेट्रोल पम्पनजिक अपरिचित लुटेराहरू बन्दुकसहित मोटरसाइकलमा आएर एक्कासी गोली प्रहार गरी घाइते बनाई साथमा रहेको सुनचाँदी, नगद, पसलको चाबी लुटेर फरार भएका थिए ।

सो घटनाबाट उक्त प्रदेशमात्र नभई समस्त देशभरिका सुनचाँदी व्यवसायीको धनजनको सुरक्षामा गम्भीर प्रश्नचिहृन खडा भएको भन्दै महासंघले सांघातिक घटना बारम्बार हुँदै आएको जनाएको छ ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले यस्ता घटनाले आमसुनचाँदी व्यवसायीको आत्मबल कमजोर बनाई व्यवसाय नै कसरी सुरक्षित भई सञ्चालन गर्ने भन्ने चिन्ता बढाएको भन्दै शान्तिसुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन र दोषीलाई अबिलम्ब पक्राउ गरी कारबाहीका साथै पीडितलाई क्षतिपूर्तिको माग गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?