स्पेनिस टोली नेपाल भ्रमणमा आउने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्पेनिस फुटबल क्लब दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा आउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल्न स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल भ्रमणमा आउन लागेको हो ।

स्पेनिस लिग प्रणाली अन्तर्गत दोस्रो डिभिजनको क्लबले काठमाडौं र पोखरामा एक/एक मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले बताउनुभयो । खेल पोखरा रंगशाला र दशरथ रंगशालामा हुनेछन् । काथेरेन्यो फुटबल क्लब र गण्डकी-११ बीचको मैत्रीपूर्ण खेल पुस १३ गते पोखरा रंगशालामा हुनेछ । यसैगरी पुस १४ गते दशरथ रंगशालामा काठमाडौं-११ सँग दोस्रो मैत्रीपूर्ण खेल हुने तालिका छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गण्डकी-११ फुटबल टिमको कप्तानी जिम्मेवारी पाउनुभएको छ । टोलीको प्रशिक्षणमा पोखराबासी राजेन्द्र तामाङ हुनेछन् । यसैगरी काठमाडौं-११को टिम पूर्वकप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टिमको प्रशिक्षकमा मेघराज केसी हुनुहुन्छ ।

स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) नेपाल भ्रमण टोलीमा हुनुहुनेछ । सन् १९८८ देखि १९९२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने क्रममा स्ट्राइकर मोनोलोले २८ अन्तर्राष्ट्रिय खेलमा नौ गोल गर्नुभएको थियो । विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?