जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

झापा । झापामा जेठाजुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ ।

झापाको कन्काई नगरपालिका ४ बस्ने ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या आरोपमा भाई बुहारी ४८ वर्षीया रनमाया बास्तोलालाई पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार रनमायाले घाँस काट्न गएको समयमा हसियाँ प्रहार गरी हत्या गरेकी थिइन् । हत्यामा संग्लन बाँस्तोलाले आफूले हत्या गरेको स्वीकार गरेकी छन् ।

आफूलाई बलत्कार गर्न खोजेकाले प्रतिकार गर्दा मृत्यु भएको बुहारीले प्रहरी समक्ष बयान दिएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?