प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि ४ बजे

हिमालय टाइम्स
Read Time = 2 mins

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै समर्थनसहित राष्ट्रपति निवास पुगेको थियो ।

आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलि ४ बजे मात्रै शपथ गर्ने तयारी गरिएको छ ।

राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालकाअनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरिएको छ भने शपथको तयारी भोलि हुँदैछ ।

प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, जनमुक्तिका ४ सांसदले समर्थन गरेका छन् ।

यस्तै स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रचण्डलाई समर्थन गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?