प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै तीन उपप्रधानमन्त्रीले लिए सपथ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालका ४४औं प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा सोमाबार आयोजित कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनु भएको हो ।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, डा. बावुराम भट्टराईलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि सपथ लिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?