दुई दिनदेखि उकालो लागेको शेयर बजार आज ओरालो

Read Time = 2 mins

काठमाडौं । लगातार दुई दिनदेखि उकालो लागेको सेयर बजार बुधबार घटेको छ ।

बिहानैदेखि उक्लिएको सेयर बजर बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ०.६० प्रतिशतले सेयर बजार घटेको हो ।

मंगलबार भने  सेयर बजार ५९.८७ अंकले वृद्धि भएको थियो । साथै, २५७ कम्पनीको कारोबारमा एक करोड ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ ।

यस्तै, नविल बैंक र रिडी पावर कम्पनीको आठ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  यता, सेन्ट्रल फइनान्स, प्रभु जीवन बिमा र द्यौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको र साथै खप्तड लघुवित्त र सृजनसिल लघुवित्तको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो ।

कुल ६० कम्पनीकाे सेयर मूल्य उकलो लागेको छ भने १४९ कम्पनीमा ओरालो लागेको छ । पाँच कम्पनीकाे मूल्य स्थिर छ । आज १३ उपसुचकमध्ये ५ कम्पनीकाे मूल्य उकालो लागेका छ । सबै बाँकी सबै सुचकहरूकाे मूल्य घटेको नेप्सेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?