![इ-नेबललाई सिटिजन्स लाइफको सहयोग](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/citizen-life-inabil-help-hita-artha.jpg)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा देवेन्द्ररमण खनाल नियुक्त हुनुभएको छ । उहाँ कायममुकायम सिइओका रूपमा काम गर्दै आउनुभएको थियो । सिइओ नियुक्ति सिफारिस उपसमितिले पाँचजनालाई सर्टलिस्टमा राखेको थियो ।
जसमा खनालसँगै कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए । सिइओका लागि २० जनाले आवेदन दिएकामा तीमध्ये पाँचजना सर्टलिस्टमा परेका हुन् । किरणकुमार श्रेष्ठको कार्यकाल सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाललाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच