कांग्रेस मधेस प्रदेश दलको नेतामा दुई उम्मेदवार, माथि एउटै तल फरक गुट

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता चयन निर्वाचनबाटै टुंगो लाग्ने भएको छ । बिहीबार बिहानसम्म सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचनबाटै दलको नेता चयन हुने भएको हो । त्यसका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ ।

कांग्रेस मधेस प्रदेश संसदीय दलको नेताका लागि कृष्णप्रसाद यादव र रामसरोज यादवको उम्मेदवारी परेको छ । रौतहटका कृष्ण कांग्रेसको मधेस प्रदेश सभापति पनि हुनु हो । उहाँ पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुनु हो ।

रामसरोज यादव अहिले मधेस प्रदेशमा कांग्रेसबाट मन्त्री हुनुहुन्छ । उहाँकांग्रेस नेता विमलेन्द्र निधि निकट हुनुहुन्छ। विगतमा रामसरोज पनि देउवा निकट नै हुनु हुन्थ्यो । कांग्रेसको एक वर्षअघि सम्पन्न महाधिवेशनमा निधिले आफ्नो गुट बनाएपछि रामसरोज उतै लाग्नुभएको हो। कांग्रेस मधेस प्रदेशमा दोस्रो ठूलो दल बनेको छ । केन्द्रको समीकरण फेरबदल भएकाले कांग्रेसलाई सरकार बनाउन सजिलो छैन । तर, पनि कांग्रेसले सरकार बनाउन वार्ता प्रक्रिया अघि बढाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?