महोत्तरीमा जमेको पानीमा बेवारिसे शव फेला

Read Time = 1 min

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा बेवारिसे शव फेला परेको छ । पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोक नजिकै पहिचान नखुलेको शव बिहीबार बिहान फेला परेको हो ।

जनकपुर –जलेश्वर सडकखण्डको उत्तर साइडको कल्भर्ट नजिक जमेको पानीमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पुरुष जस्तो देखिने शवलार्इ इलाका प्रहरी कार्यालय सहोडवावाट मुचुल्कासहित प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राइले जानकारी दिनुभयो ।

अन्दाजी २५–३० वर्षको तरार्इ मूलको मानिस जस्तो देखिने उक्त शवको विषयमा पोष्टमार्टमपछि थप खुल्न सक्ने प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?