व्यवसायमार्फत् सयौंलाई रोजगारीका साथै सामाजिक कार्यमा सृजन

Read Time = 10 mins

काठमाडौं । समाजका विविध पक्षमा रहेर मानिसले आफ्ना कार्यलाई अघि बढाइरहेको हुन्छ । कसैका कार्य व्यक्तिगत हुन्छन् भने कसैका कार्य आफ्नो प्रगति उन्नतिसँगसँगै समाज र सिंगो देशका लागि हुन्छ । समाज आफैंमा विविधताको संगम हो । यो विविधतामा समाजमा हरेक तह, तप्का र प्रकारका व्यक्तिहरू रहेका हुन्छन् । यस्तैमा स्वदेशमै केही उल्लेखनीय कार्य गरौँ र यहीँका व्यक्तिहरूलाई रोजगार प्रदान गरौँ भन्ने उद्देश्यले आफूलाई व्यवसायमा संलग्न गराउँदै आउनुभएका व्यक्तित्व हुनुहुन्छ सृजन नेपाल । बुबा मोहनप्रसाद नेपाल र माता दुर्गादेवी नेपालको कोखबाट भक्तपुरको कटुञ्जेमा जन्मिनुभएका सृजनले मकवानपुरबाट ब्याचलरसम्मको अध्ययन गर्नुभएको छ ।

व्यापार-व्यवसायमार्फत् देशको उन्नति प्रगतिमा केही टेवा पुर्‍याउने आफ्नो विद्यार्थी कालदेखिकै इच्छाका कारण व्यापार-व्यवसाय गर्ने सोच बनाउनुभएका उहाँले विसं २०६० सालमा फर्निचर व्यवसाय सुरु गर्नुभयो । हेटौंडामा दिव्य फर्निचर उद्योगबाट आफ्नो व्यावसायिक पाइला चाल्नुभएका उहाँको इमान्दारिता, लगनशीलता, मिहिनेत र कार्यप्रतिको समर्पण भावका कारण यो विस्तार हुँदै गयो । यसलाई अझ विस्तृत रूप दिन उहाँले ०६७ मा नेको बिजनेस प्रालि सुरु गर्नुभयो । जसले इन्टेरियर डिजाइन र आर्किटेक्ट डिजाइन कार्य आरम्भ गर्‍यो । सुरुमा हेटौंडामा सीमित रहेको उहाँको कार्य वीरगञ्ज, नारायणघाट हुँदै देशभर नै विस्तार भएको छ ।

सृजनको कार्यप्रतिको लगाव, गुणस्तरीय सामग्रीको प्रयोग र फिनिसिङका कारण उपभोक्ताको रोजाइमा उहाँ पर्न थाल्नुभयो जसले गर्दा उहाँका कार्यको विस्तार हुँदै गयो । विदेशमा भारत, चाइना, हङकङ, ताइवान, भियतनामलगायतका देशबाट आफूले गुणस्तरीय सामग्री आयात गर्ने गरेको उहाँ बताउनुहुन्छ । ‘हामीले ग्राहकको चाहनाअनुसार सप्लाई दिने गरेका छौँ, यसका लागि विदेशका विभिन्न ठाउँबाट सामग्री आयात गर्ने गरेका छौँ तर पनि मेरो जोड विदेशी प्रविधिको प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन बढाउनेमा रहेको छ,’ उहाँ भन्नुहुन्छ ।

कार्यप्रतिको लगाव, गुणस्तरीय सामग्रीको प्रयोग र फिनिसिङका कारण उपभोक्ताको रोजाइमा सृजन पर्न थाल्नुभयो जसले गर्दा उहाँका कार्यको विस्तार हुँदै गयो । दुई दर्जनभन्दा बढी व्यक्तिलाई फुलटाइम रोजगारी प्रदान गरिरहनुभएका सृजनले प्रोजेक्टअनुसार सयौंलाई रोजगार प्रदान गरिरहनुभएको छ । व्यापार–व्यवसायका साथै सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आउनुभएका सृजन विदेशी प्रविधिको प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन बढाउनेमा जोड दिनुपर्ने बताउनुहुन्छ ।

नेको बिजनेसको मुख्य कार्यालय हेटौंडामा नै भए पनि काठमाडौंको एकान्तकुनाबाट पनि उहाँले सेवा उपलब्ध गराउँदै आउनुभएको छ । यसले देशभरि नै आफ्नो सेवा उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ । ‘हामीले नगरपालिका, विभिन्न सरकारी र प्राइभेट बैंकहरू, प्राइभेट कम्पनी, कलेज, अस्पतालको इन्टेरियर डिजाइनको कार्य गर्दै आएका छौँ भने आर्मी-पुलिसमा पनि सामानको सप्लाई गर्दै आएका छौँ,’ उहाँ भन्नुहुन्छ, ‘आजभोलि फिनिसिङमा अलिक बढी जोड दिने गरिन्छ, यसमा हामीले कुनै कम्प्रमाइज गर्ने गरेका छैनौँ र सामानको गुणस्तरलाई पनि हामीले त्यत्तिकै प्राथमिकतामा राख्ने गरेका छौँ जसकारण हाम्रो सेवालाई मन पराइदिनुभएको पाएका छौँ ।’

पछिल्लो समय करोडभन्दा माथिको भोलुममा काम भइरहेको बताउनुहुने सृजन घर निर्माणमा कंक्रिटबाहेकको सम्पूर्ण कार्य आफूहरूले गर्दै आएको बताउनुहुन्छ । दुई दर्जनभन्दा बढी कमर्सियल बिल्डिङको स्टकचरका कार्य गरेको बताउनुहुने उहाँ घरको होल इन्टेरियरको कार्य आफूहरूले गर्दै आएको सुनाउनुहुन्छ । दुई दर्जनभन्दा बढी व्यक्तिलाई फुलटाइम रोजगारी प्रदान गरिरहनुभएका सृजन प्रोजेक्टअनुसार सयौंलाई आफूले रोजगार प्रदान गरिरहेको बताउनुहुन्छ । ‘हामीले दुई दर्जनभन्दा बढीलाई फुलटाइम रोजगारी दिएका छौँ भने प्रोजेक्टअनुसार सयौंलाई रोजगारीको अवसर प्रदान गरेका छौँ’, उहाँ भन्नुहुन्छ, ‘हामीले थुप्रै इन्जिनियर, ओभरसियर, कार्पेन्टर, प्लम्बरलगायतलाई रोजगारीको अवसर प्रदान गर्दै आएका छौँ ।’

आफ्नो व्यवसाय क्षेत्रलाई अझ विस्तार गरी अझै धेरैलाई रोजगारी प्रदान गर्ने उद्देश्य राखेको बताउनुहुने सृजनले विस्तारै अन्य विकसित देशहरूबाट समेत सामान आयात गर्ने कार्यलाई पनि अघि बढाउने लक्ष्य रहेको बताउनुभयो ।

त्यस्तै, विदेशी सामानको आयातसँगै नेपाली उत्पादनलाई बढाउँदै स्वदेशी सामानलाई निर्यात गर्ने समेत उहाँको योजना रहेको बताउनुभयो । यसले देशको अर्थतन्त्रलाई थप मजबुत बनाउन सहयोग पुर्‍याउने बताउनुहुने उहाँले आफ्नो कम्पनी यस कार्यमा अघि बढेको कुरा जानकारी दिनुभयो । सृजन भन्नुहुन्छ, ‘हामीले विदेशबाट विभिन्न प्रकारका फर्निचर सामग्री आयात गर्दै आएका छौँ, यसमा हामीले नेपाली परम्परागत मौलिकपनलाई झल्काउने आफ्नै देशमा निर्मित सामग्रीको प्रयोगमा पनि जोड दिनुपर्छ, आयातमुखी होइन निर्यातमा जोड दिनु आजको आवश्यकता हो ।’ ‘हामीले हाम्रा काठ तथा अन्य सामग्रीको सही सदुपयोगबाट हाम्रो मौलिकता प्रस्तुत गर्दै निर्यातमा जोड दिनुपर्छ’, उहाँ भन्नुहुन्छ ।

व्यवसायसँगसँगै सामाजिक कार्यमा पनि आफूलाई त्यत्तिकै संलग्न गराउँदै आउनुभएका सृजन समाजमा रहेपछि समाजप्रतिको उत्तरदायित्व हरेक मान्छेले निर्वाह गर्नुपर्ने बताउनुहुन्छ । ‘म पनि आफ्नो सामाजिक दायित्व निर्वाह गरिरहेको छु, आफूले सक्दो सहयोग गर्न पाउँदा मन आनन्दित हुन्छ’, उहाँ भन्नुहुन्छ, ‘समाजसेवामा मेरो पहिलादेखिकै अभिरुचि हो, त्यसमा आफूलाई संलग्न गराउँदै आएको छु । उहाँले विसं २०७२ सालको भूकम्प होस् या विभिन्न समयका बाढीपीडित तथा प्राकृतिक प्रकोपका समयमा आफूले सक्दो सहयोग पुर्‍याउँदै आएको बताउनुभयो । केही समय पहिलाको कोरोना संक्रमण कालमा पनि उहाँ भोको पेटलाई खाद्यान्नलगायतका सामग्री पुर्‍याउन खटिनुभएको थियो । ‘अप्ठ्यारोमा परेका बालबालिका, वृद्धवृद्धा तथा अन्य समस्यामा परेकालाई सक्दो सहयोग पुर्‍याउँदै आएको छु’, उहाँ भन्नुहुन्छ, ‘यो त हामी सबैको सामाजिक कर्तव्य होइन र ?’

व्यापार-व्यवसायका साथै सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आउनुभएका सृजनले आफ्नो नामजस्तै नयाँ-नयाँ सृजनामा, रचनामा र क्रियशनमा आफूलाई तल्लीन बनाउँदै आउनुभएको छ । उहाँका कार्य आगामी दिनमा अझ विस्तार हुँदै जाऊन् हाम्रो पनि कामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?