एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच ओली निवास बालकोटमा शनिबार विहान भेट भएको हो ।

एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबीच सबै विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद विस्तार र अन्य राजकीय पदहरुमा भागवण्डा बाँकी नै छ ।

गठबन्धनको भागबण्डादेखि सरकारको कामको तरिका र गृह प्रशासन सञ्चालनका सन्दर्भमा समेत छलफल भएको थियो ।

रास्वपाको प्रतिनिधित्व प्रदेशमा नभएकाले संघीय सरकारमा कम्तिमा चार मन्त्रालय र उपसभामुखमा उसको दावी छ । यसमा ओली पनि सकारात्मक रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?