निरु बिकलाई न्याय माग्दै कालीकोटमा सडक बहस

अधिकारकर्मी भन्छन् - निर्मला पन्तको घटनामा राज्यको ध्यान पुग्यो, निरुको घटना जस्ताको तस्तै

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । बलात्कार पछि हत्या गरिएकी कालीकोटकी निरु बिकको न्यायको माग गर्दै शनिवार सदरमुकाम मान्म बजारको प्रतिमा चोकमा सडक बहस गरिएको छ । निरुलाई न्याय माग्दै अभियान संस्था चे फोर्सले मान्मको प्रतिमा चोकमा बहस गरेको हो ।

निरु बिकको न्यायका लागि गृहमन्त्रीलाई ज्ञापन पत्र, निरुको न्यायका लागि हस्ताक्षर संकलन र सडक बहस समेत गरिएको चे फोर्स नेपालका कर्णाली प्रदेश बिग्रेड कमाण्डर हिक्मतजंग मल्लले बताउनुभयो । २०७८ भदौ ४ गते हत्या गरिएकी बिकको हत्यारा पक्राउ गर्न माग गर्दै सडक बहस गरिएको हो ।

हत्याको १६ महिना बित्दा पनि हत्यारा पत्ता नलाग्नु कानूनी शासनको उपहास भएको मल्लको भनाइ छ । यस्ता घटनामा पीडितलाई न्याय दिन प्रशासन गम्भीर हुँनुपर्ने उहाँले बताउनुभयो ।

बुधबार मात्र चे फोर्स नेपालका युवाले बिकलाई न्याय माग्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । जिल्ला प्रहरी प्रमुख डफएसपी जयश्वर रिमालले घटनाको अनुसन्धान जारी रहेको बताउनुभयो ।

यस्तै निरु विकका हत्यारा लाई कार्वाहीको माग गर्दै चे फोर्स नेपालले शनिवार काठमाडौंमा टायर वालेर विरोध प्रदर्शन गरेको छ । हातमा निरु विकलाई न्याय दे लेखिएका प्ले कार्ड समात्दै सडकमा टायर समेत बालिएको चे फोर्स नेपाल कर्णाली प्रदेशका बिग्रेड कमाण्डर हिक्मतजंग मल्ले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?