काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य अम्बिका बस्नेतकी ममतामयी माता कपिलकुमारी बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
कपिलकुमारी बस्नेतको आज काठमाडौँस्थित आफ्नै निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ केन्द्रीय सदस्य बस्नेतलगायत शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
स्व बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच