सिटिजन्स र फ्रन्टलाइन हस्पिटलबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवामा १३ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले यसअघि भारतको दिल्लीस्थित मेदान्त हस्पिटललगायत मुलुकका करिब २५ अस्पतालसँग छुट सहकार्यको सम्झौता गरिसकेको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?