धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानुनी प्राबधान छ । पुस १८ गते अर्थात् सोमबार प्रदेशसभाको पहिलो बैठक बोलाइएको छ । यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ ।
दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार बनाउने भनेर टुंगोे लगाएका छैनन् । नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सभामुखको उम्मेदवारको बन्ने भनेर पार्टीले टुंगो नलगाएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयको पनि टुंगो लाग्न सकेको छैन । प्रदेशसभामा नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन भने नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले दलको नेता चयन गरेका छन् । सभामुखको उम्मेदवारीबारे भने छलफलसम्म नभएको प्रदेशसभा सदस्यहरूले बताएका छन् । प्रदेश सभाको पहिलो बैठक भने भोलि (सोमबार) बस्ने सर्वदलीय बैठकबाट निर्णय भएको छ ।
भट्ट माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलको नेतामा चयन
सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट चयन हुनुभएको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले भट्टलाई दल नेता बनाउने निर्णय गरेको हो । दल नेताका लागि प्रदेशसभा सांसद ओमविक्रम भाटले निर्वाचन हुनुपर्ने माग राखेपछि शनिबार सहमति हुन सकेको थिएन । आइतबार बिहान भएको छलफलमा बहुमत सांसदहरूले भट्टलाई नै दल नेता बनाउनुपर्ने माग राखेपछि भाटसमेत सहमत हुनुभएको हो ।
खगराज माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा स्थायी कमिटी सदस्य हुनुहुन्छ । भाट भने वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । भट्ट डडेल्धुरा प्रदेशसभा (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ भने भाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच