आंशिक बदलीदेखि वर्षा, हुस्सु र हिमपातसम्मको अवस्था

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशका पहाडी भू-भागमा अहिले आंशिकदेखि सामान्य बदली छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ ।

आज (सोमबार) दिउँसो प्रदेश नम्बर-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश-१ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हल्का वर्षा, हल्का हिमपात र तराईका केही भू-भागमा हुस्सुरकुहिरो लाग्ने र दैनिक जीवनयापन, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?