गृहमन्त्रीले बोलाए ७७ जिल्लाकै सिडिओ र सुरक्षा प्रमुखको बैठक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक डाक्नुभएको छ । लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाक्नुभएको हो ।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?