लोड गरिएको पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

बारा । सशस्त्र प्रहरी बल बाराले गोली लोड गरिएको पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार साँझ बाराको पचरौता नगरपालिका–४ स्थित बिओपि बेल्दारीबाट खटिएको पैदल गस्ती टोलीले शंका लागेर चेक गर्दा भारतीय व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण जिल्लाको मोतिहारी–१६ बस्ने ४० वर्षीय चन्दन कुमार रहेका छन् ।

दाहिने कम्मरमा होस्टाइलभित्र तीन राउण्ड लोड भएको गोली, चार राउण्ड होस्टाइल राखिएको पेस्तोल र भारतीय रकम र मोबाईल सेटसहित बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई बुझाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?