सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) सरकारका सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै हुनुहुन्छ । सोमबार सिंहदरबारमा सचिवहरूसँग छलफल गर्नुभएका प्रधानमन्त्री प्रचण्डले आज संबोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डले सचिवहरूको रिपोर्ट सुनेपछि आज निर्देशनात्मक सम्बोधन गर्ने तयारी गर्नुभएको हो ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरूले आ-आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए ।

उनीहरूले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए ।

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटनलगायत मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?