प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने सङ्कल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताउनुभयो ।

भेटमा महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी कामना गर्नुभयो ।

उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानून तथा व्यवहार गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो । सो क्रममा महासङ्घले प्रधानमन्त्री दाहाललाई बधाई दिएको थियो । भेटमा महासङ्घका अध्यक्ष पोखरेलका साथै सल्लाहकार र केन्द्रीय समितिका पदाधिकारी र सदस्य सहभागी हुनुहुन्थ्यो ।
-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?