भोजपुरका पसल अनुगमन

Read Time = 1 min

भोजपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले भोजपुर सदरमुकाम आसपासका पसल अनुगमन गरेको छ । डिभिजन कार्यालयले स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको समन्वयमा खाद्य पसल, खाद्य उद्योग र होटल रेष्टुरेन्ट अनुगमन गरेको कार्यालयका खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिनुभयो ।

खाद्य व्यवसायीलाई खाद्य स्वच्छता कायम गर्न निर्देशन दिँदै म्याद नाघेका करिब १५ हजार बराबरको खाद्य पदार्थ तथा सामग्री जफत गरी नष्टसमेत गरिएको कोइरालाले बताउनुभयो । डिभिजन कार्यालयसहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भोजपुर नगरपालिका, उद्योग वाणिज्य संघलगायतका प्रतिनिधिसहितको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?