महाराजगञ्जमा पनि राफ्टको डिलर

Read Time = 3 mins

काठमाडौं । आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटर महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नका रूपमा नयाँ डिलर विस्तार गरेको छ । उक्त डिलरको नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ, आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालमा विद्युतीय सवारी लोकप्रिय बन्दै गएको भन्दै विद्युतीय सवारीसाधन प्रयोगले इन्धन आयात घटाउन र स्थानीयरूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्ने बताउनुभयो ।

आइएमई ग्रुपका अध्यक्ष तथा महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभो, ‘हामी गरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौँ र उहाँहरूलाई सफलताको कामना गर्दछाँै । आइएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ र नयाँ ऊर्जा सवारीसाधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छाँै । राफ्ट टू-हिृवलर नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौँ । पेट्रोल आयात घटाएर वातावरण स्वच्छ राख्न र राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौँ ।’

गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले भन्नुभयो, ‘म आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारका रूपमा जोडिन पाउँदा निकै गर्व महसुस गरिरहेको छु र ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुईपांग्र्रे सवारी उपलब्ध गराउन पाउँदा खुसी छु, राफ्ट इलेक्ट्रिक स्कुटर प्रयोगपछि सबै ग्राहक खुसी छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?