‘नम्बरी सुनमा’ विनोद

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’मा अभिनेता विनोद न्यौपाने अनुबन्धित हुनुभएको छ । राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र नम्बरी सुनमा न्यौपाने अनुबन्धित हुनुभएको हो ।

माघ २० गतेबाट फ्लोरमा जाने यो चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने बताइएको छ । निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्षअगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउनुभयो ।

यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमब्याक गर्दै हुनुहुन्छ । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।

लमजुङको भुजुङखोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने जनाइएको छ । सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?