नबिल र अलोइबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । नबिल बैंकले ग्रिन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतासँगै नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणाली प्रयोग गरी विद्युतीय व्यावसायिक सवारीसाधनलाई डिजिटल ऋण दिने सेवाको प्रभावकारी अन्वेषण, मूल्यांकन र सहकार्य गर्नेछ ।

नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अलोइका सहसंस्थापक सोनिका मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । शाक्यले दुई संस्थाबीचको सहकार्यले दिगो वित्त पोषणका रूपमा कमर्सियल इलेक्ट्रिक भेइकललाई सहजरूपमा ऋण प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?