यो सरकारसँग छिमेकीहरू डराउनु पर्दैन, चलखेल बन्द गर्नुहोस् : एमाले अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इंकित गर्दै टिप्पणी गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित कार्यक्रममा उहाँले अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको आरोप लगाउनु भयो ।

उहाँले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आँट नगर्नुहोस् ।’

उहाँले नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको, कुटनीतिक चलखेल बुझनसक्नुको भएको पनि बताउनु भयो । यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न उहाँले आग्रह गर्नुभयो ।

छिमेकीहरूलाई यहाँ बनेको सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछौं । पारस्परिक सम्बन्ध राखेर अघि बढ्दौं । आत्तिनु पर्ने अवस्था केही पनि छैन । तर ढोकाबाट होइन पर्खालमाथिबाट पसेर हस्तक्षेप बन्द गर्न उहाँले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?