एलिट क्यापिटलमा नयाँ सञ्चालक समिति

Read Time = 1 min

काठमाडौं । एलिट क्यापिटलको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । नवनिर्वाचित सञ्चालक समितिमा अध्यक्ष दिनेश आचार्य, सञ्चालकहरू बोधप्रसाद त्रिपाठी, राजन लम्साल र कुमार पौडेल रहेका छन् ।

गत वर्ष स्थापना भएको कम्पनीको सेयर बजारका सक्रिय लगानीकर्ताको सहकार्यमा गैरआवासीय नेपालीहरूको लगानीमा सञ्चालित छ । मर्चेन्ट बैंकरका रूपमा कारोबार सुरु गर्ने तयारी गरिरहेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सञ्चालनका लागि सैद्धान्तिक सहमति (एलओआई) दिइसकेको छ । लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी, अन्डरराइटिङ र डिपी खाता सञ्चालन सेवा प्रदान गर्ने कम्पनीको तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?