नेतन्याहुको नयाँ सरकारविरुद्ध हजारौंको प्रदर्शन

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु ।

हिमालय टाइम्स
Read Time = 1 min

जेरुसेलम । इजरायली इतिहासमा सबैभन्दा दक्षिणपन्थी मानिने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नयाँ सरकारविरुद्ध हजारौं इजरायलीहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले तेल अवीवको तटीय सहरमा ‘लोकतन्त्र खतरामा छ’ र ‘फासीवाद र रंगभेदको विरुद्धमा’ लगायतका नारा लगाएका प्लेकार्ड बोकेका थिए ।

कोहीले इजरायली र इन्द्रेणी झण्डा फहराएका थिए भने अरूले ‘अपराध मन्त्री’ लेखिएको ठूलो ब्यानर बोकेका थिए । यो नारा विगतका वर्षहरूमा नेतन्याहुविरुद्ध नियमित प्रदर्शनको क्रममा इजरायलीहरूले व्यापक रूपमा प्रयोग गर्दथे ।

नोभेम्बर १ को निर्वाचनपछि नेतान्याहुले गठबन्धन सरकारको नेतृत्व गरेका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?