एसबिआई बैंकको १०.५३ प्रतिशत लाभांश पारित

Read Time = 2 mins

काठमाडौं । नेपाल एसबिआई बैंकको २९ औँ वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । एसबिआई बैंकका सेयरधनीको उपस्थितिमा सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणको नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत पारित गरेको छ । साथै साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङको आव २०७८/०७९ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।

त्यस्तै, बैंकतर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धमा आवश्यक काम गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनी सचिव श्रीधर अधिकारीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?