एनएमबीको ८.२५ प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीको उपस्थितिमा सोमबार बैंकको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा भएको साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

बैंकको २०७९ असारसम्ममा खुद नाफा तीन अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ । बैंकले हाल देशभर दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?