रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा आमालाई काट्ने भनि धम्की दिने छोरा पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका– ३ की चित्र कुमारी दर्लामीलाई काट्ने धम्की दिएका उनकै छोरा २४ वर्षीय हिराबहादुर दर्लामी पक्राउ परेका हुन् ।

दर्लामीले आमा चित्रलाई पुस २६ गते अश्लील गाली गलौजा गर्नुको साथै तरवारले अचानोमा राखी काट्ने भनि तरवार निकाली धम्की दिएका थिए ।

आमामाथि अभद्र व्यवहार गरेको सूचना प्राप्त हुन साथ प्रहरी चौकी हार्थोकबाट खटेको प्रहरी टोलीले वारदात स्थानबाट उनी सहित उनको साथबाट तरवार तथा काठको अचानो बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले छोरा हिरालाई नियन्त्रणमा लिई हिरासतमा रखेर थप अनुसन्धान थालिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?