राष्ट्र बैंक सञ्चालक रायाद्वारा सपथ

Read Time = 1 min

काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश कार्कीले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । शपथ ग्रहण कार्यक्रममा सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सह-रजिष्ट्रार नारायणप्रसाद रेग्मी, राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतको उपस्थिति रहेको गभर्नरको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?