जापान एसियन कपको क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। जापान एसियन कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा बहराइनलाई ३(१ गोलले पराजित गर्दै जापान क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

जापानका लागि रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले गोल गरे । त्यस्तै जापानले एक आत्मघाती गोल गर्यो

३१औं मिनेटमा रित्सु दोआनले रिबाउण्डमा गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९औं मिनेटमा ताकेफुसा कुबोले गोल गरे ।

६४औं मिनेटमा बहराइनले एक गोल फर्काउन सफल भयो । जापान गोलरक्षक जायन सुजुकी आफ्नै डिफेन्डरसँग सम्पर्क नमिलेपछि समात्न खोजेको बल आफ्नै जालिमा हालेका थिए । ७२औं मिनेटमा आयासे युएडाले अर्को गोल थपेपछि जापान ३–१ ले विजयी भयो ।

यो जितसँगै जापान क्वाटरफाइनलमा पुगेको छ र अब इरान र सिरियाबीचको विजेतासँग खेल्ने छ ।त्यस्तै यो हारसँगै बहराइन प्रतियोगिताबाट बाहिरिएको छ । जापानले अब सेमिफाइनल प्रवेशका लागि इरान र सिरिया बीचको विजेता विरुद्ध खेल्ने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?