घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) छाडेर स्वतन्त्र उमेदवारका रुपमा चुनाव लडनुभएका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने हुनुभएको छ । भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ ।

ब्यानरमा भने ‘घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने स्वघोषणा गर्ने कार्यक्रम’ राखिएको छ । भुसाल तत्काल नेकपा एसको सचिवालय सदस्यमा मनोनीत हुने र केही समयपछि महासचिव बन्ने समझदारी बनेको नेकपा एसका नेताहरूले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?