एकै स्टेजमा एकसाथ चार विजेता छानिएका

Read Time = 4 mins

काठमाडौं । एकै स्टेजमा एकसाथ चार विजेता छानिएका छन् । धुलिखेलमा एक विशेष समारोहबीच सम्पन्न प्रतियोगितामा ‘किड्स प्लानेट इन्टरनेशनल २०२३’मा जुनियर र सिनियर गरेर एकसाथ चार विजेता छानिएका हुन् ।

प्रतियोगितामा रिदम दाहालले जुनियर केटातर्फको शीर्ष उपाधि आफ्नो पोल्टामा पार्दा जुनियर केटीतर्फको शीर्ष उपाधि इप्सु दाहालले हात पार्नुभयो । त्यस्तै सिनियर केटातर्फ रिनम राज केसी र सिनियर केटीतर्फ योहाना मानन्धर शीर्ष विजेता घोषित हुनुभयो । कार्यक्रममा रिदमले लिडरसिप, इप्सुले मोष्ट कन्फिडेन्ट, रिनमले पर्नालिटी र याहानाले फोटोजेनिक उपशीर्षकको उपाधिसमेत आफ्नो पोल्टामा पार्नुभएको थियो ।

कार्यक्रममा जुनियर केटातर्फ श्रेयान्स मानन्धर फष्टरनर अफ आदर्श बन्जारा सेकेण्ड रनरअप घोषित हँुदा जुनियर केटीतर्फ सिमरन महत फष्ट रनर अप र निर्जला लामा सेकेण्ड रनरअप हुनुभयो । त्यस्तै सिनियरमा केटातर्फ सक्षम श्रेष्ठ फष्टरनर अप, रोनिश ब्यान्जु श्रेष्ठ सेकेण्ड रनरअप घोषित हुँदा सिनियर केटीतर्फ महारानी शाह ठकुरी फष्टरनरअप र प्रिन्सा कुवँर सेकेण्ड रनरअप हुनुभयो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको प्रतियोगितमा सञ्चिता लुइँटेल (अभिनेत्री), इन्दु थापा (प्रिन्सिपल-बेलोर इन्टरनेशनल एकडेमी), अशोक पाण्डे (प्रिन्सिपल-सेमरक निष्ट स्कुल), रजना श्रेष्ठ (प्रिन्सिपल-बालबाटिका स्कुल), सञ्जीव महर्जन (निर्देशक-वेभ म्यागजिन), चन्द्रप्रसाद ताजपुरिया (प्रिन्सिपल-प्रगती प्रभात एकडेमी)लगायत प्रतियोगिताको निर्णयकमा रहनुभएको थियो ।

विद्यालयमा अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनलसम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गर्नुभएको थियो भने नृत्य संयुक्त स्थापितको थियो ।

प्रतियोगी अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज पफमेन्स, बडि ल्यांग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययनलगायत विभिन्न प्रशिक्षणसहित फाइनल स्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गर्नुभएको थियो । प्रतियोगिताको शीर्ष, फष्ट रअनर अप र सेकेण्ड रनर अपले क्रमस १० हजार, पाँच हजार, तीन हजार नगदसहित गिफ्ट हृयापरका अलवा अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगितामा सहभागिको अवसरसमेत प्राप्त गरेका छन् । गिफ्ट हृयापर एम्बियन्स लाउञ्चको तर्फबाट प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?