‘आम्मा कसम याँ दुख्छ’को दोस्रो संस्करण आउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कमेडी रोस्टिङ टेलिभिजन शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो संस्रकण यही शनिबारदेखि प्रसारणमा आउने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शोको बारेमा जानकारी गराइएको हो । दोस्रो सिजनको पहिलो भागमा राजनीतिज्ञ केशव स्थापित अतिथि हुनुहुन्छ । यो शो प्रत्येक शनिबार राति ८ः४५ बजे नेपाल नेटवर्क टेलिभिजन (एनएन टिभी) र ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हुने कार्यक्रममा जानकारी गराइएको थियो ।

पहिलो सिजनको तुलनामा अझै राम्रो र केही परिमार्जन गरिएको आयोजक टिमले जनाएको छ । शोकी निर्देशक श्रद्धा प्रसाईंका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरञ्जन लिन सक्नेछन् । होष्ट बिक्की अग्रवालले यसपटक शोमा आउने गेष्ट अझ विशेष हुने जिकिर गर्नुभयो । शोको गेष्ट म्यानेजमेन्टको काम गोपिकृष्ण चापागाईंले गर्नुभएको छ । चापागाईंका अनुसार पहिलो सिजनभन्दा दोस्रो सिजनमा गेष्ट ल्याउन धेरै सहज भएको छ ।

शोमा बिक्की अग्रवाल होष्टको रूपमा हुनुहुन्छ भने विना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनुहुनेछ । यस्तै दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा प्रनेश गौतम भित्रिनुभएको छ । शोको लेखन शुशान्त बस्याल र विकास अर्यालले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?