रूसी मिसाइल आक्रमणमा मृत्यु हुने युक्रेनीको संख्या ४० पुग्यो

हिमालय टाइम्स
Read Time = 1 min

किभ । रुसले युक्रेनमा हालै गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेहरूको शव धमाधम फेला भेटिन् थालेका छन् ।

रुसले युक्रेनको दिनिप्रो शहरस्थित आवासीय भवनमा गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ४० जना पुगेको हो ।

उद्धारकै क्रममा भग्नावशेषमा च्यापिएकाहरूको थप शव फेला परेको हो । आक्रमणमा वेपत्ता भएका ३२ जनाको खोजी कार्य जारी रहेको छ ।

युक्रेनको आवासीय भवन लक्षित आक्रमणको सर्वत्र विरोध भइरहेका बेला रुसले युक्रेनका पूर्वाधार र आवासीय भवन लक्षित आक्रमण नगरेको दावी गर्दै आएको छ । रुसको पछिल्लो मिसाइल आक्रमणका कारण युक्रेनतर्फ ठूलो क्षति पुगेको बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?