वालिङ गोल्डकपको सेमिफाइनलमा आयोजक

हिमालय टाइम्स
Read Time = 1 min

वालिङ । आयोजक वालिङ फुटबल क्लब वालिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखरालाई १-० ले हराएर वालिङ अन्तिम चारमा पुगेको हो । वालिङको जितमा टिकराज गुरुङले ५६औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । अब वालिङले सेमिफाइनलमा एपिएफ क्लबको सामना गर्नेछ ।

वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् । उपविजेताले दुई लाख ५० हजार पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही सात हजार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?