न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै श्रीमती आरतीद्वारा सर्वोच्च परिसरमा प्रदर्शन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन भएको छ । मंगलबार उहाँकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्नुभएको हो । न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गरेको बताउनुभएको छ । न्यायाधीश गिरीमाथि बहुविवाहको आरोप छ ।

आरतीलाई अन्य केही महिलाहरूले पनि प्रदर्शनमा साथ दिएका थिए । गिरीमाथिको कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिला आरतीले कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गर्नुभएको हो । प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरू धेरैपटक न्यायपरिषद्मा गए पनि मुद्दा नै दर्ता नगरेको र पीडितका कुराहरू सुनुवाइ नभएको बताउनुभयो । उहाँले आफ्ना मागहरू अझै सुनुवाइ नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिनुभयो । उहाँले आफूसमेत काका ससुराबाट पटकपटक बलात्कारको प्रयासमा परेको तर अहिलेसम्म पनि पीडकलाई कारबाही हुन नसकेको बताउनुभयो ।

‘न्यायाधीश भुवन गिरी हुनुहुन्छ, उहाँको श्रीमती हो आरती गिरी । हामी धेरैपटक भइसक्यो, न्यायालय धाएको तर प्रक्रिया अघि बढाइदिनु भएको छैन’, उहाँले भन्नुभयो, ‘न्यायका लागि हामीले आत्मदाह गर्नुपर्ने हो ? हामी पीडितहरू अब सडकमा उत्रिएर आन्दोलन गर्नेछौँ । काका ससुरा पर्नेबाट पटकपटक बलात्कारको प्रयास भयो ममाथि । उसलाई खोइ सजाय ? हामीलाई न्याय दिएको खै ?’

त्यस्तै, प्रदर्शन गर्न पुग्नुभएकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाउनुभयो । उहाँले आरोपित गिरीविरुद्धको उजुरी नै न्यायपरिषद्ले लिन नमानेको दाबी गर्नुभयो । ‘भुवन गिरीलाई गिरफ्तार त परको कुरा कम्प्लेन मात्रै पनि कसैले गरेको छैन । उनी न्यायाधीश हुन्, के उनको लागि कुनै कम्प्लेन रजिष्टर हुँदैन ? भारतकी छोरीको त रक्षा हुँदैन हुँदैन, नेपालकै छोरीको त रक्षा गर्नुस् । वकिल बिक्छ, प्रहरी बिक्छ । कोही पनि यहाँ निष्पक्ष हुँदैन ।’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीविरुद्ध जाहेरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?