सोमालियामा सेनाको शिविरमा बिद्रोहीको आक्रमण, ११ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकुले आक्रमण गरेका छन् ।

राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा भएको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जनाको मृत्यु भएको छ ।

विष्फोटक पदार्थ लादिएको कार अतिवादीहरूले सैनिक शिविरमा विष्फोट गराएर सशस्त्र समूह शिविरमा प्रवेश गरेको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार शिविरमा ती लडाकुहरुले आक्रमण गरेपछी दोहोरो झडप हुँदा दर्जनौ आतंककारीको पनि मृत्यु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?