काठमाडौं । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ । नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २८ गते हुने जनाएको हो । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले महाशिवरात्री र सेना दिवसका अवसरमा म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो । प्रतियोगितामा खुला म्याराथन भने पुरुषतर्फ मात्रै हुनेछ । हाफ म्याराथनमा महिला र पुरुष दुवै विधा समावेश गरिएको छ ।
यस्तै, प्रतियोगितामा १० किलोमिटर र पाँच किलोमिटर दौड पनि समावेश गरिएको छ । म्याराथनको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछ । यस्तै, दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ५० हजार गर्दै दशौँ स्थानसम्म हासिल गर्नेले क्रमशः नगद पुरस्कार पाउनेछन् ।
यस्तै, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका महिला तथा पुरुष भलिबल टोलीलाई एभरेष्ट बैंकले प्रायोजन गरेको छ । एभरेष्टको प्रायोजन एक वर्षको रहनेछ । सम्झौतामा सेनाका महासेनानी मुनाल बस्नेत र एभरेष्ट बैंकका सहायक महाप्रबन्धक सन्तोषकुमार भट्टराईले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार एक वर्षका लागि एभरेष्ट बैंकले आर्मीलाई १० लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ । सो रकमबाट भलिबलका दुवै टोलीको जर्सीलगायतका आवश्यक खेलकुद सामग्री खरिद गर्ने सेनाले जनाएको छ ।
यसै साता पोखरामा सुरु हुने तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा आर्मीको महिला र पुरुष दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् । आर्मीको पुरुष टोली टाइगर कपको साबिक विजेता हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच