बेलायतमा नेपाली फिल्म फेष्टिभल हुँदै

Read Time = 2 mins

काठमाडौं । बेलायतमा ‘नेपाली फिल्म फेष्टिभल २०२३’ आयोजना हुने भएको छ । विश्व बजारमा नेपाली फिल्मको प्रबद्र्धन गर्ने उद्देश्यका साथ ‘थर्डआइ’ ले बेलायतको राजधानी लण्डनमा फिल्म फेष्टिभल गर्ने भएको हो ।

फेष्टिभलमा एकदर्जन हाराहारी नेपाली चलचित्र देखाइने बताइएको छ । हलमा रिलिज भएका तर युट्युबमा नआइसकेका चलचित्रलाई छनोट गरी फेष्टिभलमा देखाइने थर्डआइका निर्देशक विकास देवकोटाले जानकारी गराउनुभयो । उहाँका अनुसार ‘जीवन काँडा कि फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेमगीत३’ लगायत चलचित्र फेष्टिभलका लागि छनोट गरिएको छ ।

विकासले भन्नुभयो, ‘नेपालीमा के कस्ता चलचित्र बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म छनोट गरेका छौँ ।’ फेष्टिभल आगमी १८ देखि २५ फेब्रुवरीसम्म चल्नेछ भने नेपालबाट एक दर्जन बढी कलाकार सहभागी हुनेछन् । जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीदेखि कलाकार नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रिमा विश्वकर्मालगायत रहने आयोजकले जानकारी गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?