बेलायतमा नेपाली फिल्म फेष्टिभल हुँदै

Read Time = 2 mins

काठमाडौं । बेलायतमा ‘नेपाली फिल्म फेष्टिभल २०२३’ आयोजना हुने भएको छ । विश्व बजारमा नेपाली फिल्मको प्रबद्र्धन गर्ने उद्देश्यका साथ ‘थर्डआइ’ ले बेलायतको राजधानी लण्डनमा फिल्म फेष्टिभल गर्ने भएको हो ।

फेष्टिभलमा एकदर्जन हाराहारी नेपाली चलचित्र देखाइने बताइएको छ । हलमा रिलिज भएका तर युट्युबमा नआइसकेका चलचित्रलाई छनोट गरी फेष्टिभलमा देखाइने थर्डआइका निर्देशक विकास देवकोटाले जानकारी गराउनुभयो । उहाँका अनुसार ‘जीवन काँडा कि फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेमगीत३’ लगायत चलचित्र फेष्टिभलका लागि छनोट गरिएको छ ।

विकासले भन्नुभयो, ‘नेपालीमा के कस्ता चलचित्र बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म छनोट गरेका छौँ ।’ फेष्टिभल आगमी १८ देखि २५ फेब्रुवरीसम्म चल्नेछ भने नेपालबाट एक दर्जन बढी कलाकार सहभागी हुनेछन् । जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीदेखि कलाकार नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रिमा विश्वकर्मालगायत रहने आयोजकले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए विद्युतीय एम्बुलेन्स र शववाहनमा कर छुट दिने मन्त्रिपरिषद्को निर्णय